आफ्नै जन्मदिनमा छोरी र श्रीमानलाई बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरमा आफ्नो नजिकको ब्यक्तिलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढीरहेको छ ।
जन्मदिन, पास्नी, विवाह तथा विवाह उत्सव जस्ता अवसरहरुमा आफ्ना साथीभाई, परिवार, आफन्त तथा इष्टमित्रलाई जीवन बीमा पोलिसी खरिद गरि उपहार दिने नयाँ ट्रेन्ड नै चलेको छ ।
यसैबीच सुनवल नगरपालिका वडा नं.०१ नवलपरासी बस्ने गंगादेवी थापाले आफ्नै जन्मदिनको सु—अवसरमा आफ्नो श्रीमान पदम बहादुर थापा र उनकी छोरी प्रेम कुमारी बि.क को नाममा बीमा पोलिसी खरिद गरि उपहार दिएकी छिन् ।
उनले श्रीमान र छोरीलाई सिटिजन लाइफ इन्स्योरेन्समा सिटिजन जीवन सारथी योजना बीमा पोलिसी खरिद गरि दुवैको भविष्य सुरक्षित गरी आफ्नो जन्मदिन मनाएकी छिन् ।
जन्मदिनको कार्यक्रममा भैरहवा एरिया प्रमुख नरेश सिग्देलले बीमाको महत्व र आवश्यकताको जानकारी गराउँदै सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बारेमा छर्लङ्ग गराउँदै आफ्नो जन्मदिनमा छोरी र श्रीमानलाई उपहार स्वरुप बीमा पोलिसी उपहार स्वरुप दिएकोमा उनलाई बधाई संगसंगै धन्यवाद दिए ।