छैटौं वर्षमा सिटिजन लाइफ, पाँच वर्षको अनुभवबाट अझै गुणस्तरीय बीमा सेवामा प्रतिबद्धता

२ कार्तिक २०७९, बुधबार ०८:४५

काठमाडौं । २०७४ साल कार्तिक २ गतेबाट कारोबार सुरु गरेको सिटिजन लाइफ इन्स्योरेन्स आज छौटौं वर्षमा प्रबेश गरेको छ । पाँचौं बार्षिकोत्सव तथा छैटौं वर्ष प्रवेशको अवसरमा सिटिजन लाइफले यस वर्ष ‘जागौं सबै जागौं बीमा जागरण अभियानमा सबै जगौं’ भन्ने मूल नाराका साथ भव्य रुपमा देशव्यापी रुपमा एक सातासम्म मनाउने निर्णय गरेको छ ।

कम्पनीले पाँचौं बार्षिकोत्सव तथा छैटौं प्रवेशको अवसरमा देशभरका विभिन्न मन्दिर, मठहरुको सरसफाई तथा रक्तदान, सामाजिक सुरक्षा अन्तर्गतका कार्यहरु गरेर मनाउने भएको छ । आज मुख्य दिन भएको आज देशैभरिका शाखाहरुले बार्षिकोत्सव मनाउने जनाइएको छ ।

‘जीवन बीमा जरुरी छ’ नारासहित सुरु भएको सिटिजन लाइफले सुरुवाती दुई वर्ष संस्थागत विकासमा संघर्ष गरेको कम्पनीले पछिल्लो दुई वर्ष कोरोना महामारीका बीचमा उत्कृष्ट बीमा व्यवसाय गर्दै अघि बढ्ने क्रममा कोरोनापछिको अवस्थामा अझै उत्कृष्ट नतिजा दिन सफल भएको छ ।

आव २०७८।०७९ को वित्तीय विवरणमा आधारित तथ्याङ्क

छैटौं वर्षमा प्रवेश गरेको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ पोषक पौडेलले पाँच वर्षसम्म कम्पनीलाई माया र विश्वास गर्ने सबै बीमितहरुलाई धन्यवाद ज्ञापन गर्दै सहयोग गर्ने बीमा समिति, बीमित, अभिकर्ता, कम्पनीमा आवद्ध सम्पूर्ण कर्मचारी तथा शेयरधनीलाई धन्यवाद ज्ञापन गरेका छन् । सिईओ पौडेलले आगामी दिनमा पनि निरन्तर सहयोग र बीमितबाट विश्वास पाइरहने आशा व्यक्त गर्दै पाँच वर्षको अनुभवबाट कम्पनीलाई अझै उत्कृष्ट, बीमितलाई सरल सुलभ अनि उत्कृष्ट बोनसदर दिने तथा लगानीकर्ताहरुलाई उच्च प्रतिफल दिने प्रतिबद्धता जनाएका छन् ।

कम्पनीले आज मनाउन लागेको पाँचौं बार्षिकोत्सवको अवसरमा कम्पनीले आगामी दिनमा बीमा जनचेतना अभियानमार्फत व्यवसाय बृद्धि गर्ने, बीमाको पहुँच बृद्धि गर्न योगदान पुर्याउने, जीवन बीमा व्यवसायको दीगो बृद्धिमा प्रतिबद्धता जनाएको छ । सिटिजन लाइफले जीवन बीमाको दीगो विकास रणनीति पछ्याउँदै अघि बढिरहेको छ । जीवन बीमा व्यवसायमा दीगो विकासको रणनीति निकै महत्वपूर्ण मानिन्छ ।

सञ्चालनको पाँच वर्षको अवधीमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी नेपालको उत्कृष्ट बीमा कम्पनी मध्येमा पर्न सफल भइसकेको छ । पछिल्लो तथ्याङ्क अनुसार भदौं महिनाको तथ्याङ्कको आधारमा प्रथम बीमा शुल्क संकलन गर्ने जीवन बीमा कम्पनीहरुको सूचिमा सिटिजन लाइफ तेस्रो स्थानमा छ । त्यस्तै, सिटिजन लाइफले चालु आवको दुई महिनाको अवधीमा एक अर्ब छ करोड ४८ लाख ७३ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरी सातौं स्थानमा पुग्न सफल भएको छ ।

छोटो अवधीमा नै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पाँच अर्ब ८१ करोडको जीवन बीमा कोष बनाउन सफल भएको छ भने बार्षिक बीमा शुल्क आम्दानीको आकार पाँच अर्ब माथि छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीसँग दुई लाख ३५ हजार ८२५ (असार मसान्तसम्मको तथ्याङ्क) जनाले आफ्नो जीवनको जोखिम रक्षावरण सहित बचत गराइरहेका छन् ।

हालसम्म नौ वटा बीमा योजनाहरु बिक्री गर्दै आएको कम्पनीले देशभर ११२ वटा भन्दा बढि शाखा सञ्चालन संस्थापना गरी देशैभरि बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । कम्पनीमा ६० हजारभन्दा बढि बीमा अभिकर्ताहरु आबद्ध भईसकेका छन् भने करिब ३०० भन्दा बढि कर्मचारीहरु कार्यरत छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*