अर्घाखाँची सिमेन्टद्धारा भारतमा सिमेन्ट निर्यात सुरु

३१ आश्विन २०७९, सोमबार १३:१२

काठमाडौं । अर्घाखाँची सिमेन्टले भारतमा सिमेन्ट निर्यात गर्ने काम सुरु गरेको छ । कम्पनीले आज (सोमबार) एक कार्यक्रमको आयोजना गरेर २ हजार बोरा सिमेन्ट भारत निर्यात गरेको हो ।

उत्तर प्रदेश राज्यमा आजबाट सिमेन्ट निर्यात सुरु गरेको हो । युपीका सुभान्सु एसोशिएटले २ हजार बोरा सिमेन्ट खरिद गरेको हो । कम्पनीले प्रतिबोरा २ सय ६५ रुपैयाँका दरले सिमेन्ट निर्यात गरेको हो । सिमेन्ट निर्यातको ट्रक बिदाई गर्दै कम्पनीका सञ्चालक पशुपति मुरारकाले आफ्नो लामो समयदेखिको सपना पुरा भएको बताए ।

उनका अनुसार नेपालमा सिमेन्ट उत्पादन भारतमा भन्दा महँगो पर्ने गरेको छ। तर चालु वर्षको बजेटबाट निर्यातमा अनुदान दिइएकोले निर्यात सम्भव भएको हो। उनले भने ‘सिमेन्ट निर्यातका लागि अर्को समस्या भनेको कोइला हो, यसमा सरकारले सहज गरिदिए १० देखि १५ रुपैयाँ प्रतिबोरा सस्तो पर्न जान्छ ।’

चालु वर्षमा सरकारले सिमेन्ट लगायत ३० भन्दा बढी वस्तुमा निर्यात अनुदान दिने घोषणा गरेको छ। जसअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यात अनुदान कार्यविधि संशोधन गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*