सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन, श्रद्धाञ्जलीपछि शव अस्पताललाई दिइने

३० आश्विन २०७९, आईतवार १२:४२

काठमाडौं । संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको आज १०३ वर्षको उमेरमा निधन भएको छ । जोशीको आज आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा निधन भएको हो ।

जोशीको शरीरलाई किस्ट मेडिकल तथा शिक्षण अस्पताल परिसरमा राखिएको छ । स्रोतका अनुसार सुरुमा परिवारका सदस्यहरुले श्रद्धाञ्जली दिएको हो । शवलाई श्रद्धाञ्जली दिने कार्यक्रम सकिएपछि ललितपुर महानगरपालिका परिसरमा ल्याइनेछ । ललितपुर महानगरपालिकामा ४ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ । उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि प्रधानमन्त्री शेर बहादुर देउवा लगायतका अन्य विशिष्ट व्यक्ति समेत जाने स्रोतले बताएको छ ।

शवलाई जोशीकै इच्छाअनुसा नजलाइने निर्णय भएको छ । आज बिहान परिवार र अस्पताल प्रशासनबीच भएको छलफलमा जोशीको शवलाई अस्पतालले संरक्षण गरेर मात्रै राख्ने भएको हो ।

लामो समयदेखि प्रोष्टेड तथा मुटुको समस्याबाट गुज्रिरहेका जोशीलाई असोज ७ गते किस्ट मेडिकल कलेजमा इमर्जेन्सीमा भर्ना गरिएको थियो । अस्पतालका अनुसार उनको रगत परीक्षण गर्दा डेंगु संक्रमण देखिएको र छातीमा निमोनियाको संक्रमण साथै मुटुको चालसम्बन्धश्ी समस्या देखिएको थियो ।

गत शुक्रबारदेखि औषधी चलाएपनि शरिरले राम्रो काम नगरेको र उनको अवस्था नाजुक रहेको अस्पतालले जनाएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*