निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ७ अर्ब ८७ करोड रुपैयाँ, अग्रस्थानमा राष्ट्रिय बीमा कम्पनी, अन्य कुनले कति कमाए ?
काठमाडौं । हाल संचालमा रहेका निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको भदौ महिनासम्ममा ७ अर्ब ८७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।बीमा समितिले उपल्ब्ध गराएको तथ्यांक अनुसार यस अवधिसम्ममा बीमा कम्पनीहरुले उक्त बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।
बीमा कम्पनीहरुले कुल ४ लाख ४५ हजार ३६९ वटा बीमा लेखबाट ७ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।यस त्रैमाससम्मा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी राष्ट्रिय बीमा कम्पनी बनेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा १ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क र्आजन गर्न सफल भएका छन् ।
दोस्रोमा सधै अग्रस्थान रहदै आएको शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ६७ करोड २४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
तेस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ ।कम्पनीले यस त्रैमासको अवधिसम्ममा ५८ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
त्यस्तै, साउन १ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्मा ५६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
बीमा समितिको तथ्यांक अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ५४ करोड १९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ५३ करोड ९७ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले ४३ करोड २५ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ४१ करोड १३ लाख, नेपाल यन्स्योरेन्सले ३१ करोड ५२ लाख,ओरिएण्टल इन्स्योरेन्सले ३१ करोड ४४ लाख र अजोड इन्स्योरेन्सले ३१ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
त्यस्तै, लुम्बिनी जनरलले ३० करोड ७२ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले २९ करोड ८५ लाख, आइएमई जनरलले २८ करोड १८ लाख, नेशनल इन्स्योरेन्सले २५ करोड ९९ लाख, प्रुडेन्सियल ले २५ करोड ४३ लाख, यसनाइटेडले २० करोड १३ लाख, जनरलले १८ करोड ८८ लाख र सानिमा जनरलले १८ करोड ६० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।