आइएमई लाइफका सिईओ कवि फुयाँलले बार्षिक कति बुझछन् तलब भत्ता?
काठमाडौं । आइएमई गुप्र अन्तर्गतको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सिईओले बार्षिक ६६ लाख बढी .तलब भत्ता बुझने गरेका छन् । आज लैनचौर बैंङक्वेट्मा बसेको कम्पनीको पाँचौ बार्षिक साधारणसभाले आर्थिक बर्ष २०७७र७८ को बार्षिक प्रतिवेदन पारित गर्नुको साथै तलब भत्ता र अन्य प्रस्तावहरु पारित गरेको हो ।
कम्पनीको बार्षिक साधारणसभाले सिईओ कवि फुयाँलको बार्षिक ६६ लाख १४ हजार १३९ रुपैयाँ तलब भत्ता पारित गरेको हो ।
उक्त सभाले कम्पनीका सिईओ फुयाँलको तलब र सञ्चालक समिति तथा अन्य समिति÷उप–समिति तर्फको बार्षिक खर्च २४ लाख २ हजार २०९ रुपैयाँ पारित गरेको हो । आज बसेको सभाले त्यसका साथै संचालक समितिको बैठक भत्ता ७ लाख २ हजार रुपैयाँ, अन्य समिति र उप समितिको बैठक भत्ता ३ लाख २८ हजार र अन्य (इन्धन, सञ्चार र पत्रपत्रिका बापत भुक्तानी) १३ लाख ७२ हजार २०९ रुपैयाँ समेत पारित गरेको छ ।