भाद्र महिनामा प्रथम बीमा शुल्क २८ प्रतिशतले बढ्यो, सानिमा, एलआइसी नेपाल र सिटिजन लाइफ उत्कृष्ट कसको अवस्था कस्तो ? (सूचीसहित)

२६ आश्विन २०७९, बुधबार १३:१४

काठमाडौं । जीवन बीमा कम्पनीहरुले भदौ महिनामा २ अर्ब ६० करोड १५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १९ जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क एक महिनामै १८ प्रतिशतले बढ्न पुगेको छ ।

अघिल्लो महिना साउनमा जीवन बीमा कम्पनीहरुले २ अर्ब २० करोड ३३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । साउन–भदौ महिनामा प्रथम बीमा शुल्क आर्जनमा सबैभन्दा प्रगति सानिमा लाइफ, एलआइसी नेपाल र सिटिजन लाइफले गरेको छ । एक महिनाको अन्तरालमा सानिमा लाइफ इन्स्योरेन्सले प्रथम बीमा शुल्क आर्जनमा ९७ प्रतिशत प्रगति गरेको छ । साउनमा ३ करोड ८८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको सानिमा लाइफले भदौ महिनामा ७ करोड ६३ लाख रुपैयाँ संकलन गरेको छ ।

त्यस्तै, एलआइसी नेपालले पनि फर्स्ट प्रिमियम संकलनमा उल्लेख्य ग्रोथ गरेको छ । साउन महिनामा ११ करोड ३१ लाख रुपैयाँ मात्रै प्रथम बीमाशुल्क आर्जन गरेको एलआइसी नेपालले भदौ महिनामा ९६ प्रतिशत प्रगति गरि २२ करोड १५ लाख रुपैयाँ फर्स्ट प्रिमियम संकलन गरेको छ । त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सले पनि एक महिनाको अन्तरालमा फर्स्ट प्रिमियम संकलनमा उल्लेख्य प्रगति गरेको छ । साउन महिनामा १२ करोड २९ लाख रुपैयाँ मात्रै प्रथम बीमा शुल्क आर्जन गरेको कम्पनीले भदौ महिनामा ९२ प्रतिशतले प्रगति गरी २३ करोड ६३ लाख रुपैयाँ संकलन गरेको छ ।

त्यस्तै, एशियन लाइफले पनि एक महिनाको अन्तरालमा फर्स्ट प्रिमियम संकलनमा ४८ प्रतिशतले प्रगति गरि १४ करोड ५० लाख रुपैयाँ संकलन गरेको छ । अघिल्लो महिनामा एशियन लाइफले ९ करोड ७८ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको थियो । त्यस्तै, रिलायन्स लाइफले ४७ प्रतिशत, प्रभु लाइफले ४१ प्रतिशत, रिलायबल नेपाल लाइफले ३१ प्रतिशत, सूर्या लाइफले ३० प्रतिशत, प्राइम लाइफले २४ प्रतिशत, युनियन लाइफले २० प्रतिशत, महालक्ष्मी लाइफले ११ प्रतिशत, सन नेपाल लाइफले ५ प्रतिशत र आइएमई लाइफले शुन्य दशमलव २९ प्रतिशतले प्रगति गरेको छ ।

त्यस्तै, बाँकी ६ जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क भने भदौ महिनामा घट्न पुगेको छ । सबैभन्दा बढी फर्स्ट प्रिमियम घट्ने कम्पनीमा ज्योति लाइफ इन्स्योरेन्स रहेको छ । साउन महिनामा १३ करोड २५ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन आर्जन गरेकोमा भदौ महिनामा जम्मा ११ करोड ६९ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । त्यस्तै, नेशनल लाइफको ११ प्रतिशत, गुराँस लाइफको ६ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको ४ प्रतिशत, नेपाल लाइफ र मेट लाइफको एक–एक प्रतिशतले घट्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*