सन नेपाल लाइफको विरगंज शाखाद्धारा बीमा दाबी भुक्तानी

२६ आश्विन २०७९, बुधबार ११:२७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको विरगंज शाखाले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले विरगंजस्थित स्वर्गीय विवी माया हयोंजन्को परिवारलाई मृत्यु दाबी वापतको ५ लाख २६ हजार ५ सय ८३ रुपैयाँ दाबी भुक्तानी गरेको छ। स्वर्गीय विवी माया हयोंजन्को छोरा श्री अशोक लामालाई दाबी वापतको चेक हस्तान्त्रण गरेको हो।

स्वर्गीय विवी माया हयोंजन्ले ४ लाख ७५ हजारको सन् लाइफ साबधिक जीवन बीमा गरेका थिइन । चेक हस्तान्तरण कार्यक्रममा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिरगंज शाखाका कर्मचारी राम अशिष प्रसाद पटेल ,निशा कुमारी र एजेन्सी मेनेजर देव नारायण प्रसाद ,ओम प्रसाद साह रौनियार लगाएतको उपस्थिति थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*