नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन
२५ आश्विन २०७९, मंगलवार १७:१७
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ७.४४२५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम ४८५ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य ४५१ रुपैयाँ ४० पैसा कायम गरको छ । शेयर मूल्य समायोजन गरिए पनि गुराँस लाइफ इन्स्योरेन्स कम्पनी युनियन लाइफ र प्राइम लाइफसँग मर्जरको प्रक्रियामा रहेकोले तत्कालै शेयर कारोबार भने गर्न पाइने छैन । मर्जर सम्पन्न भई एकीकृत कारोबार सुरु गरेर रोक्का रहेको शेयर खुल्ला भएपछि मात्रै दोस्रो बजारमा कारोबार हुनेछ ।