गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ बुधबार (असोज २६ गते) बुकक्लोज गर्ने भएसँगै भोलि (मंगलबार)सम्म मात्रै कायम शेयरधनीहरुले मात्र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।
प्रस्तावित लाभांश पारितका लागि कम्पनीको १२औं वार्षिक साधारण सभा यहि कात्तिक ४ गते बस्दैछ । कम्पनीको असोज १२ गते बसेको संचालक समितिको बैठकले सो मितिमा साधारण सभा बस्ने निर्णय गरेको हो ।
संचालक समितिको निर्णयअनुसार सभा सभा कम्पनीको प्रधान कार्यालय, राज भवन , तिनकुने, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले सेयरधनीलाई ७ दशमलव ४४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभाले समितिबाट पेश भएको यूनियन लाइफ र प्राइम लाइफ सँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्नेछ ।
साथै, सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।