राष्ट्रपतिबाट बीमा विधेयक स्वीकृत, राजपत्रमा प्रकाशित भएपछि कानुनी मान्यता

२३ आश्विन २०७९, आईतवार १७:१२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बीमा विधेयक सहितका तीन विधेयकहरु प्रमाणिकरण गर्नु भएको छ । आजै राष्ट्रपति भण्डारीले ति विधेयकहरु प्रमाणिकरण गर्नु भएको हो ।

बीमा ऐनलाई एकीकरण तथा संशोधन गर्न बनेको विधेयक, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी सम्बन्धी विधेयक र सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक स्वीकृत गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रबक्ता केशव घिमिरेले जानकारी दिए ।

अब सरकारले राजपत्रमा सूचना प्रकाशित गरेपछि मात्रै विधेयकले कानुनी मान्यता प्राप्त गर्नेछ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*