रामेछापको भिरपानीमा बस दुर्घटना हुदा १२ जना घाइते, थप विवरण आउन बाँकि

२३ आश्विन २०७९, आईतवार १३:०८

काठमाडौं । रामेछापबाट काठामडौं आउँदै गरेको बा ३ ख ४०४८ नम्बरको बस दर्घटना भएको छ । सो बस दुर्घटना हुँदा १२ जना यात्रु घाईते भएका छन् । बस दुर्घटनामा घाईते सबैलाई धुलिखेल थप उपचारको लागि धुलिखेल अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राज कुमार थिङले बताए । १२ जना मध्ये एक जना गम्भिर घाईते रहेको प्रहरीले जनाएको छ ।

दशै मनाएर काठमाडौं आउने क्रममा सो दुर्घटना भएको हो । घटनाको थप विवरण आउन बाँकि रहेको जिल्ला प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*