पूर्वमा मौसम सुधार हुँदै, पश्चिममा भारी वर्षा

२१ आश्विन २०७९, शुक्रबार १४:२०

काठमाठौं । मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा भारी वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा भइरहेको छ । नवलपुरमा सबैभन्दा बढी २७५ मिलिमिटर पानी परेको छ । पाल्पाको अर्चले भन्ने ठाउँमा २१८ मिलिमिटर पानी परेको छ ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज उपत्यका मौसम बदली रही दिउँसो र बेलुकीपख हल्का पानी पर्ने सम्भावना छ । लुम्बिनी, गण्डकी, सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना छ ।

सुदु्रपश्चिमका अधिकांश ठाँउमा अहिले पनि वर्षा भैरहेको छ । जसका कारणले गर्दा त्यस ठाँउको जनजीवन पनि प्रभावित बनेको छ । स्थानीयहरुको दैनिक जिवन प्रभावित बनेसंगै स्थानीय निकाय तथा प्रशासन कार्याल सुरक्षा र उद्धारमा खटिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*