आज बिजया दशमी हर्षोल्लासपूर्वक मनाइदै, टीकाको शुभ साइत ११:५१ बजे

१९ आश्विन २०७९, बुधबार ०७:३२

काठमाडौं । यस वर्षको बिजया दशमीको मुख्य दिन बिजया दशमी हर्षोल्लासपूर्वक मनाइदैछ । असत्यमाथि सत्यको बिजयको रुपमा नेपाली समुदायले विश्वभर आज बिजया दशमी मनाउँदैछन् । घटस्थापनाको दिनबाट सुरु भएको नवदुर्गा देवीको पुजा आज विधिपूर्वक बिसर्जन गरेपछि टीका जमरा लगाएर आज बिजयउत्सको रुपमा मनाउने र नवदुर्गा देवीको आशिर्वाद प्राप्त हुने आम विश्वास छ ।

आज टीकाको साइत केही ढिला अर्थात ११:५१ बजेका लागि निर्धारण गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११:५१ बजे सबैभन्दा उत्तम रहेको जनाएको छ । यद्यपि बिजया दशमी अवधीभर टीका लगाउँदा फरक नपर्ने ज्योतिषशास्त्रीहरुको भनाई छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोही शुभ साइतमा टीका ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यस्तै पूर्व राजा ज्ञानेन्द्र शाह तथा प्रधानमन्त्री शेर बहादुर देउवाले पनि सोही समयमा टीका लगाउने कार्यक्रम रहेको जनाइएको छ ।

सर्वसाधारणले टीकाको साइतमा आफ्ना मान्यजनबाट टीका ग्रहण गरी आर्शिवाद लिनु राम्रो हुने ज्योतिशास्त्री हरिबोल प्रसाद चापागाई बताउँछन् । बिजया दशमीको टीका लगाउने व्यक्ति पूर्व फर्केर टीका थाप्ने व्यक्ति पश्चिम फर्केर बसी टीका ग्रहण गर्नुपर्ने शास्त्रीय विधि रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*