व्यवसाय सम्हाल्दै बीमा क्षेत्रमा अघि बढ्दै रिलायबल नेपाल लाइफकी मुना

१९ आश्विन २०७९, बुधबार ०७:५७

तीन बर्षअघि बीमा क्षेत्रमा प्रवेश गरेसँगै आफूमा व्यवसायीकता मात्रै नभई आत्मविश्वास समेत बढेको मुना आचार्य सुवेदी हाल रिलायबल नेपाल लाइफमा अभिकर्ता पेशमा आवद्ध छिन् ।सुरुमा आफ्नै सन्तानको बीमा गरेर अभिकर्ता पेशामा प्रवेश गरेकी मुना सुवेदी एक सफल महिला व्यवसायी पनि हुन् । उनको सप्लायर्स सम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएकी छिन् । आधा दर्जनबढिलाई रोजगारी दिइरहेकी मुनाले समय निकालेर बीमा अभिकर्ता पेशामा सचेतना फैलाँउदै अघि बढिरहेकी छिन्।

उनको श्रीमान् भेटनेरी पेशमा आवद्ध छन् । परिवार र व्यवसायीक व्यस्तताका बाबजुद पनि उनी बीमा अभिकर्ता पेशामा सक्रिय छिन् । महिला भएपछि घरधन्दा त हुने नै भयो अनि आफ्नो व्यक्तिगत व्यवसाय समेत सकाएर बीमा व्यवसायमा समय दिन भ्याईरहेकी सुवेदी यसबाट आफूलाई अतिरिक्त आम्दानी र समाजसेवा दुवै भइरहेको बताउँछिन्।

नेपाली समाजमा पुरुषको तुलनामा महिलालाई थोरै मात्रै स्थान दिइन्छ, चाहे ठुलो निर्णय वा साना नै किन नहोस् ।नेपाली समाजमा महिलाहरु घरधन्दा मै रहनुपर्छ भन्ने मान्यतामा आजभोलि पनि केही फरक नआएको मुना बताँउछिन् । महिलाप्रतिको त्यो सोचाईमा परिवर्तन ल्याउन मुनाजस्तै हजारौं महिलाहरु घर बाहिर निस्कदै महिला पनि केही गर्न सक्छन्, महिला पनि चुनौतिलाई सामना गर्दै अघि बढ्न सक्छन् भन्ने सन्देश दिन सफल भएकैले सम्भव भएको हो ।

श्रीमान भेटनरी डाक्टर, उनी सप्लार्यस व्यवसायी । के नै कमि थियो र ? तर, उनको सोच जहिले त्यहि हुन्थ्यो, म अरु भन्दा केही भिन्नै हुन्छु, कमाउनु मात्रै ठूलो कुरा हैन कमाएको चिजबाट आत्मसम्मान मिल्नु एउटा ठूलो उपब्धि हो भन्ने बुझाई उनीमा थियो । समाज सेवा पनि होस्, जनताको घर घरमा पुग्न पाइयोस् भन्ने पनि थियो ।

उनको यस्तो सोचलाई पूरा गरिदियो रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले । मनमा स्वतन्त्र पेशा अपनाउने मनसाय लिएर हिडेकी चितवन भरतपुरकी मुना सुवेदीले अपनाईन् जीवन बीमा अभिकर्ता पेशा । जुन पेशा उनले सोचे जस्तै आफैले समय मिलाएर काम गर्न पाउने, आम्दानीको कुनै सीमा थिएन । औषतभन्दा माथि काम गर्ने मानिसहरु यस्तै पेशालाई रुचाउँछन् भन्ने मान्यतालाई सत्य सावित गर्दै उनी पनि अब यही पेशामा जम्ने, रम्ने अनि कमाउने निधो गरिन् । आफ्नै व्यवसाय र घर गृहस्थी समालिरहेकी उनी बीमा क्षेत्रमा समेत आबद्ध भएपछि व्यक्तित्व विकास पनि बृद्धि भएको, आम्दानी बढेको तथा समाजिक घुलमिल बढेको अनुभव सुनाउछिन उनी । बीमा अभिकर्ता व्यवसायमा लागे सँगैउनको व्यवसायमा पनि थप मद्दत पुगेको उनको अनुभव छ ।

नवलपरासीको गौडाकोटमा जन्मिएकी मुनाले विवाह पछिको व्यस्त समय निकालेर बाहिरी संसारमा रम्न पाएकी थिईनन् । दुई सन्तानको आमा, घर गृहस्थी, सप्लायर्सको काममा दिनभरी लागि रहने भएकाले उनले घर बाहिरको समाज परिकल्पना समेत गरेकी थिईन् ।

तर, रिलायबल नेपाल लाइफमा आबद्ध भई अघि बढ्दै जाँदा उनले धेरै सम्भावनाहरुको ढोका मात्रै खुलेको छैन, समाजसेवा, आम्दानी र आफ्नो व्यत्तित्व विकासमा पुगेको फाइदाले उनलाई थप हौसला प्रदान गरिरहेको छ।

पैसा मात्रै, कमाएर आत्मसन्तृष्टी नमिल्ने उनको धारणा छ । जबदेखि बीमा क्षेत्रमा प्रवेश गरे आफूमा धेरै सकारात्मक परिर्वतन आएको उनी बताँउछिन् ।
घरको चुलो चौको र सप्लार्यसमा मात्रै सीमित रहेको जीवनशैली फैर्दै बाहिर वातावरणमा रम्नु र सम्मान पाँउदा छिमेकीहरुले हेर्न दुष्टिकोणबाट धेरै नै फरक पाएको उनी बताँउछिन् । जीवनमा कमाउनु र परिवारसँग मात्रै रमाउनु नै मेरो दुनिया भनेर सोचेकी मुना हाल बीमा सचेतनामार्फत जनताको सेवा, मानिसको जीवन बीमाद्धारा रक्षावरण गर्दै अघि बढिरहेकी छिन् ।

श्रीमान् र परिवारबाट पाएको सहयोगको कारण नै आज यो स्थानमा छिन् मुना । बीमा क्षेत्रबाट पाएको सफलताको प्रेरणा मेरो श्रीमान् र मेरा दुई सन्तानलाई जान्छ, उनी भन्छिन् । श्रीमानको समर्थन, सन्तानहरुले दिएको उत्साह र प्रेरणाले उनलाई अघि बढ्न अझै सहयोग पुगेको उनको अनुभव छ ।चितवनको हाकिमचोकस्थित शाखामा श्रीमानको एक करोड रुपैयाँको बीमा उक्त शाखाका एजेन्सी म्यानेनजर गंगा रायमाझीले गराएकी थिईन् । एक करोड रुपैयाँको मनि ब्याक पोलिसीबारे सबैले म पनि गर्ने भन्दै सोधपुछ गर्न लागे।

 

उनकै कोडबाट आफनौ दुई सन्ताको बीमा सुरु गरेपनि उनले गंगा रायमाझीको नामबाट आफनो श्रीमान्को बीमा गराईन् । सबैजनाले बीमाबारे सोधपुछ गर्न थालेपछि उनले आफन्त र छिमेकिहरुको बीमा गराईन् । बीमा सचेतनाबारे आफू पनि सिक्दै र अन्य मानिसहरुलाई पनि सिकाउँदै अघि बढ्ने क्रममा नै मुनाले बीमा व्यवसाय सफलता हात पार्न थालिन् । हाल उनी एमडिआरटी समेत बनिसकेकी छिन् । कम्पनीका एजेन्सी म्यानेनजर गंगा रायमाझीले बीमा क्षेत्रमा प्रवेश गर्न उत्प्ररेणा गरेको कारण नै आज उनी यस पेशामा सफलता हात पारेको बताउँछिन्।

मुना भन्छिन्, ‘परिवारमा जो कमाउने व्यक्ति छ, उसलाई केही भयो भने त्यो परिवारको जीविका कसरी चल्छ त ? घरको कमाउने सदस्य भएन भने परिवार त सडकमा पुग्छ । त्यहाँ सम्मको अवस्था नआओस् भन्नका लागि अपनाईने एक भरपर्दो माध्यम जीवन बीमा हो । यदि कमाएको थोरै रकम बचाएर बीमा गर्ने हो भने भोलि भविष्यमा आई पर्न सक्ने आर्थिक जोखिमलाई सामना गर्नका सहज हुन्छ ।’

बीमा कम्पनी र बीमितको बीचमा मध्यस्थकर्ताको रुपमा काम गर्ने व्यक्ति बीमा अभिकर्ता हो । सरल, मिजासिलो, लगनशील, निरन्तता, धैर्यता जस्ता गुणहरु एउटा बीमा अभिकर्तामा हनुपर्ने उनी बताउँछिन् । साथै, जो सुकै बीमा अभिकर्ता आफु आवद्ध भएको कम्पनीमा रहेका बीमा पोलिसी, कम्पनीको प्रोफाइलका बारेमा जानकार हुनुपर्नेमा उनको जोड छ ।

मुना बीमा अभिकर्ताका साथसाथै समाजसेवा र राजनीतिमा पनि उत्तिकै व्यस्त रहन्छिन् । अभिकर्ता पेशामा आवद्ध भएपछि आफुमा ठूलोे परिवर्तन आएको उनले बताईन् ।सबै तह र तप्काका मानिहरुसँग घुलमिल हुन सक्ने पहुँच यहि अभिकर्ता पेशाले दियो उनलाई । त्यति मात्रै हैन् धेरै मान्छेहरुका अगाडि निर्धक्क आफ्ना भनाईहरु राख्न सक्ने साहस पनि यहि अभिकर्ता पेशाले दियो मुनालाई । आर्थिक रुपमा सशक्त पनि यहि पेशाले बनाई दियो ।

घर मै केही गर्न सकिएन भनेर घर धन्दा मै अल्झिएर बसेकाहरुलाई यो पेशामा लागेर केही गर्न सकिन्छ भन्ने प्रेरणाको पात्रका रुपमा चिनिन् सफल भईन् मुना । ‘म केही गर्छु भन्नेलाई, एसएलसी उत्तीर्णलाई, परिवारलाई पनि समय दिन सकियोस् साथै केही काम गर्न पनि सकियोस् भनेर बसेकाहरुलाई बीमा अभिकर्ता पेशामा लाग्न मुनाको सल्लाह छ।

मुना भन्छिन्, ‘जीवन बीमा व्यवसाय भनेको टिममा गरिने काम हो, टिममा रहेर काम गर्दा सफल हुन सकिन्छ । तपाईहरु पनि यो पेशामा आउनुहोस्, आर्थिक रुपमा सबल हुनुहोस् ।’काममा धर्य रहेर जो निरन्तर रुपमा लागि पर्छ त्यो अभिकर्ता सफल हुन सक्छ भन्ने उदाहरण दिँदै मुनाले भनिन्, ‘अभिकर्ता पेशामा अनिश्चित कमाई छ । कमाईमा सिमा छैन् । अथवा आफुलाई कति आवश्यक छ, कति कमाउन मन छ त्यति कमाउन सक्ने पेशा बीमा अभिकर्ता हो ।’

अभिकर्ता पेशा प्रति सन्तुष्ट रहेकी उनले अभिकर्ता पेशामा भविष्य रहेकोले आत्मविश्वास बढाएर यस क्षेत्रमा अघि बढ्नुपर्ने सुझाव दिन्छिन् । आत्मविश्वास, धैर्यता र निरन्तर रुपमा लागि पर्ने जो कोही पनि यस पेशामा सफल हुन सक्ने कुरामा उनको अनुभव छ।

मुना रिलायबल इन्स्योरेन्स कम्पनीमा प्रवेश गरेको लामो समय भएको छैन् । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीका सिनियर एजेन्सी म्यानेजर बनेकी उनी एमडिआरटी बनिसकेकी छिन् । छोटो समयमा नै गरेको गरेको प्रगति, व्यवसायसँगै बीमालाई पनि अंगालेर पाएको सफलताले उनको जीवन अन्य महिलाहरुको लागि समेत प्रेरणा बन्न सफल भएको छ । घरको चुल्होचौकामा सीमित महिलाहरुले मुना आचार्य सुवेदीबाट केही सिक्दै अघि बढ्ने पो हो कि !

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*