नेपालमा ३९ प्रतिशत जनसंख्या बीमाको पहुँचमा, १ खर्ब ७७ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन

१९ आश्विन २०७९, बुधबार ०७:३५

काठमाडौं । नेपालमा ३९ दशमलव ०६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा पुगेको छ । अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्यांक प्रतिवेदन अनुसार म्यादी र लघुम्यादी बीमालेख समेत गरी कुल ३९ दशमलव ०६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको हो ।

आर्थिक बर्ष २०७८ असार मसान्तसम्म २५ दशमलव २३ प्रतिशत जनसंख्यामा बीमाको पहुँच बिस्तार भएको हो । वैदेशिक रोजगार बीमालेखसहितको तथ्यांक जोड्दा भने बीमाको आएको जनसंखया २०७९ असारसम्म ४२ दशमलव ०३ प्रतिशत पुगेको अर्थ मन्त्रालयले जनाएको छ।

आर्थिक बर्ष २०७८ असार मसान्तसम्म वैदेशिक रोजगार बीमालेखसहित २७ दशमलव ५३ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको हो।
बीमाको दायरामा आउने जनसंख्यासँगै बीमा प्रिमियम संकलन समेत हरेक वर्ष वृद्धि भइरहेको छ ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा मात्र बीमा कम्पनीहरुले १ खर्ब ७७ अर्ब ५३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । आर्थिक वर्ष २०७७÷७८ को तुलनामा १६ दशमलव ३ प्रतिशत बढी हो । सो आवमा १ खर्ब ५२ अर्ब ६५ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन भएको थियो । कुल प्रिमियम संकलन नेपालको कुल गार्हस्थ उत्पादनको ३ दशमलव ७ प्रतिशत हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*