जनकपुरमा भिषण आगोलागी, कदमचोकका पसलहरु जले

१८ आश्विन २०७९, मंगलवार ०८:५१

जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरस्थित कदमचोकमा भिषण आगोलागी भएको छ । सोमबार राति जनकपुरस्थित कदम चोकमा रहेको हेलमट पसलबाट सुरु भएको आगो आज विहान नियन्त्रणमा आएको छ । कदमचोकमा रहेका तीनघरमा आगोले क्षति पुर्याएको छ । जनकपुरमा रहेको एलआईसी नेपालको कार्यालय नजिकै भिषण आगोलागी भएको हो ।

आगलागीमा परेर ३ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ । आगोलागीमा परेर हेल्मेट गोदाममा काम गर्ने धनुषा लक्ष्मीनियाँ गाउँपालिका वडा २ सिनुरजोडाका अन्दाजी वर्ष २२ वर्षका सुभाष यादव गम्भीर घाइते भएका छन् । जनकपुर प्रादेशिक अस्पतालमा उपचाररत यादवको त्यहाँ उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएको छ ।

आगो निभाउन स्थानीय जनता, सेना र प्रहरी घटनास्थलमा खटिएका छन् । आगोलागीबाट करोडौंको क्षति भएको छ । घट्नामा बीमा दावी पर्न सक्ने जनाइएको छ । यद्यपि पुष्टि भइसकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*