कक्षा १२ को पूरक परीक्षाको केन्द्र निर्धारण, यसरी हेर्नुहोस आफ्नो परिक्षा केन्द्र

१७ आश्विन २०७९, सोमबार १४:१२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । परीक्षा यही असोज ३० र ३१ गते सञ्चालन हुने भएको छ ।

कार्यालयले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा नन ग्रेड ल्याएका विद्यार्थीको ग्रेडवृद्धि (पूरक) परीक्षाको लागि परीक्षा केन्द्र तोकेको हो ।

नतिजा अनुसार १ लाख ८८ हजार ४१० जना विद्यार्थीले नन ग्रेड ल्याएका मध्ये ग्रेड वृद्धि दिन पाउने ९ दुई विषयसम्म दिन पाउने एक लाख ३० हजार ८७८ जनाले दिन पाउने कार्यालयले जनाएको छ ।

परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए ।

राष्ट्रिय परीक्षा बोर्डको वेवसाईट   https://www.neb.gov.np/ मार्फत आफ्नो परीक्षा केन्द्र हेर्न सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*