दशै बिदामा बीमा समितिको कार्यालय बन्द, अति आवश्यक काम परे यसरी लिन सकिन्छ सुविधा
१६ आश्विन २०७९, आईतवार ११:३५
काठमाडौं । दशैं बिदामा बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समिति बन्द हुने भएको छ ।समितिले कार्यालय नेपालीहरुको महान चाडपर्व बडा दशैं मनाउनको लागि असोज १५ गतेदेखि असोज २२ गतेसम्मका लागि बन्द गरिएको सूचना मार्फत जानकारी गराएको छ।
उक्त समयमा बीमा समितिसँग सम्बन्धित कुनै पनि व्यक्ती वा संस्थाको अतिआवश्यक काम परेमा समितिका उपनिर्देशक ध्रुव तिमिल्सिनालाई सम्पर्क गर्न आग्रह गरेको छ ।