डिप्रोक्स र आदर्श लघुवित्तबीच मर्जर सम्बन्धि सम्झौता
१५ आश्विन २०७९, शनिबार ११:५६
काठमाडौं । डिप्रोक्स र आदर्श लघुवित्त वित्तीय मर्जर सम्बन्धि सम्झौता भएको छ । एक कार्यक्रमका अध्यक्ष दिपक खनाल र आदर्शका अध्यक्ष सूर्यकुमारी श्रेष्ठले उक्त सम्झैतापत्रमा हस्ताक्षर गरेका छन् ।
प्राप्ति सम्बन्धि बिषयमा काम गर्नलाई बासुप्रसाद उपाध्यायको संयोजकत्वमा सयुक्त प्राप्ति समिति गठन गरेको छ । बासुप्रसाद उपाध्याय संयोजक रहेको उक्त समितिमा श्यामकृष्ण दाहाल, सुसन कर्माचार्य, प्रभा धिताल कोईराला सदस्य रहेका छन्।
मर्जर सम्झौता पारम्भिक रहेको कारण अन्य कार्यलाई निरन्तरता दिन कमिटि गठन गरिएको लघुवित्तले जनाएको छ।