बीमा कम्पनीहरुले वित्तिय विवरणमा सैद्धान्तिक स्वीकृती लिनुपर्ने व्यवस्था हट्यो, वित्तिय विवरणमा त्रुटी देखिएमा लाभांश रोक्न सक्ने

१४ आश्विन २०७९, शुक्रबार १६:४५

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुले सैद्धान्तिक स्वीकृती लिनुपर्ने व्यवस्था हटाएको छ। बीमा समितिले आज एक परिपत्र जारी गर्दै बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो । बीमा कम्पनीहरुले बीमाङ्कीय मूल्याङ्कन पश्चात तयार हुने लेखापरीक्षण भएको वित्तीय विवरणका अन्तिम स्वीकृतिका लागि बीमा समितिमा पेश गर्नु परिपत्रमाउल्लेख रहेको छ।

बीमा कम्पनीहरुले वित्तीय विवरणको बीमाङ्कीय मूल्याङ्कनबाट आउने दायित्व बाहेकका सम्पत्ती, दायित्व, आम्दानी, खर्च, व्यवस्थापन खर्चको बाँडफाँट, लगानी तथा अन्यबाट आयको बाँडफाँट लगायत लेखामानको पालना तथा समितिबाट जारी भएको बीमा ऐन, नियमावली र निर्देशिकामा भएको व्यवस्थाहरु बमोजिम वित्तीय विवरण तयार गरिएको सुनिश्चितता गर्नका लागि बीमा कम्पनीको वित्त प्रमुख तथा प्रमुख कार्यकारी अधिकृत जिम्मेवार हुनु पर्ने बीमा समितिले जानकारी गराएको छ।

यसअघिको व्यवस्था हटाउदै समितिले यस निर्देशिकामा नयाँ व्यवस्था लागु गरेको छ । बीमा समितिले कम्पनीको वित्त प्रमुख तथा प्रमुख कार्यकारी अधिकृतलाई नै जिम्मेवार बनाउदै सैद्धान्तिक स्वीकृति लिनु पर्ने व्यवस्था हटाईको व्योहोरा जानकारी दिएको छ।

बीमा कम्पनीहरुले स्वीकृतिका लागि समितिमा पेश गरेको वित्तीय विवरणमा आय व्यय हिसाबको बचत वा नोक्सानीमा फरक परेको देखिएमा तथा अन्य गम्भिर त्रुटी देखिन आएमा समितिले बीमकको बोनश शेयर तथा लाभांश वितरणमा रोक लगाउन वा सोलाई घटाउन निर्देशन दिन सक्ने उक्त परिपत्रमा उल्लेख रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*