रिलायबल नेपाल लाइफले डाक्यो पाँचौं साधारण सभा, आइपीओ निष्काशन मुख्य प्रस्ताव

१४ आश्विन २०७९, शुक्रबार १०:३३

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेनस लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज १३ गते बसेको संचालक समितिको बैठकले सभा कात्तिक ६ गते लिसरा ब्यांक्वेट, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ः३० बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले कम्पनीको प्रबन्धपत्र बमोजिम सर्वसाधारणमा जारी गरिने जारी पुँजीको ३० प्रतिशत शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । साथै पाँचौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, २०७८ असार मसान्तसममको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

यसका साथै आव २०७८।७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*