ज्योति लाइफका संचालक जयन्त कुमार अग्रवाल राउन्ड टेबल इन्टरनेशनलको अध्यक्ष पदमा र्निवाचित

१२ आश्विन २०७९, बुधबार १९:५९

काठमाडौं । ज्योति लाइफ इन्स्योेरेन्स कम्पनी लि. का संचालक जयन्त कुमार अग्रवाल शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय गैरनाफामूलक संस्था राउन्ड टेबल इन्टरनेशनल २०२२र२३ को अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली हुनुहुन्छ । राउण्ड टेबल संसारको ६८ देशहरुमा क्रियाशील संस्था हो । अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण तथा अन्य कार्यहरु गरिसकेको छ । यस संस्थाको उद्देश्य युवाहरुलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ ।

राउन्ड टेबल इन्टरनेशनल १८ देखि ४० वर्ष उमेर समूहका गैर–राजनीतिक र गैर–साम्प्रदायिक युवाहरूको संगठन हो। युवाहरूको उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलामा सेवा, सद्भाव र सद्भावनालाई प्रवर्द्धन गर्नु हो। यस संस्थाको अद्वितीय विशेषता यो हो कि यो सधैं जवान रहन्छ, किनभने टेबलरहरू ४५ वर्षको भएपछि युवाहरूलाई बाटो दिँदै सो दायित्व बाट बिश्राम लिने गर्दछन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*