साढे छ वर्ष काम गरेर बाहिरिए इसेवाका सिईओ सुवास सापकोटा, नयाँ सिईओ खड्काले सम्हाले कार्यभार

१२ आश्विन २०७९, बुधबार १६:४०

काठमाडौं । नेपालकै पहिलो नम्वरको भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाका सिईओ सुवास सापकोटा साढे छ वर्ष अवधी काम गरेर बाहिरिएका छन् । सापकोटाले इसेवाको सिईओ पदबाट दिएको राजिनामा सञ्चालक समितिले स्वीकृत गरेसँगै हिजोबाट औपचारिक रुपमा विदा लिएका हुन् । सिईओ सापकोटा एफवान सफ्टको ग्रुपको सञ्चालकको रुपमा भने रहनेछन् ।

सन् २००४ मा स्थापना भएको इसेवामा सन् २०१० देखि सापकोटा आबद्ध भएका थिए । साथै २०१४ बाट इसेवाको सिईओ बनेका सापकोटाले साढे छ वर्ष काम गरेपछि राजिनामा गरेका हुन् । चार्टर्ड एकाउन्टेन्स सापकोटाको एफवान सफ्ट र इसेवाको आजको ग्रोथमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कोरोना महामारीका कारण मानिसहरु भौतिक रुपमा उपस्थिति हुन नमिल्ने अवस्थामा इसेवा मानिसको खल्तीकै रुपमा परिभाषित गर्न सापकोटाको महत्वपूर्ण भूमिका रहेको छ ।

नव नियुक्त सिईओ खड्कालाई आज पद तथा गोपनियताको शपथपछि बधाई दिँदै अध्यक्ष परशुराम खत्री ।

नेपालमा विद्युतीय भुक्तानी प्रदायक कम्पनीप्रति आम विश्वास जगाउन सापकोटाले उत्कृष्ट भूमिका खेलेको छन् । अबको गन्तव्य कता हुन्छ ? भन्ने प्रश्नमा सिईओ सापकोटोले भने, ‘त्यो अहिले नै निश्चित भइसकेको छैन । केही महिनापछि थाहा हुनेछ ।’

उता, इसेवाको सिईओमा आजैबाट जगदिश खड्का नियुक्त भएका छन् । उनलाई इसेवाका अध्यक्ष परशुराम क्षेत्रीले पद तथा शपथ ग्रहण गरेपछि आजैबाट कार्यभार सम्हालेका छन् । यसअघि एफवान सफ्टको बिजनेश अपरेशन्समा काम गरेका खड्का चार्टर्ड एकाउन्टेन्टस् हुन् । उनले कार्यभार सम्हाल्दै इसेवालाई अझै विस्तार गरी आम मानिसको दैनिक जीवन सहज बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । उनले भनेका छन्, ‘कम्पनीलाई अझै सशक्त बनाउँदै अघि बढ्नेछु ।’

इसेवा आज आम नेपालीको आम वालेटको रुपमा स्थापित भइसकेको छ । इसेवाबाट मोबाइल रिचार्ज, टेलिफोन, इन्टरनेट, विजुलीको रकम भुक्तानी गर्न सकिन्छ । त्यस्तै, बीमा शुल्क भुक्तानी गर्न सकिन्छ भने कलेजको फि, स्वास्थ्य संस्थाको फि, पसल तथा ग्रोसरीहरुमा भुक्तानी गर्न सकिन्छ । हाल इसेवामा एक करोड ७० लाख जनता आबद्ध भइसकेका छन भने इसेवामा ६५ लाख जनताले खाता खोलेका छन् । इसेवाका देशैभरि एक लाख ५० हजार एजेन्टहरु कार्यरत रहेका छन् । यस आधारमा इसेवा देशको सबैभन्दा ठूलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । इसेवामार्फत तीन महिनामा चार अर्ब रुपैयाँ भन्दा बढि बीमा शुल्क भुक्तानी भएको तथ्याङ्क छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*