स्मार्ट टिभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

१२ आश्विन २०७९, बुधबार ११:५७

काठमाडौं । नेपालको नम्बर वान स्मार्टफोन र स्मार्ट टिभी ब्रान्ड मी नेपालले Xiaomi Smart Air Fryer सँगै स्मार्ट टिभीको लाइनअप सार्वजनिक गरेको छ । स्मार्ट टिभी लाइनअपमा रेडमी स्मार्ट टिभी एक्स सिरिज अन्तर्गत एक्सएल अनुभव प्रदान गर्ने Redmi Smart TV X 43″, Redmi Smart TV 43″ Full HD, Mi TV 5X 43″, Xiaomi TV X-Series X55″ रMi TV 5A 43″, र घरमै थिएटरको अनुभव दिने मीको सबैभन्दा ठूलो र सबैभन्दा प्रिमियम स्मार्ट फ्ल्यागशिप टिभीMi QLED TV 75″ रहेका छन् ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, Mi QLED TV 75” ले घरमै उत्कृष्ट सिनेमाको अनुभव प्रदान गर्दछ । ठूलो स्क्रिनको साथमा फराकिलो दृश्यहरू प्रदान गर्ने यो टिभी ७५ इन्चको स्क्रिन साइज र क्वान्टम डट टेक्नोलोजीको साथ आउँछ । ९७% स्क्रिन–टु–बडी रेसियो, फुल एरे लोकल डिमिङ टेक्नोलोजी, रियालिटी फ्लो १२० (एमईएमसी) सहितको १२० हर्ट्ज रिफ्रेस रेट प्यानल र ३० डब्लु ६ स्पिकर अडियो सेटअप भएको यो मी टिभी अहिले सम्मको सबैभन्दा उन्नत र प्रिमियम टिभी हो । प्रयोगकर्ताहरूले अब पप आउट हुने आश्चर्यजनक दृश्यहरू र रंगहरूका साथ आफ्नो लिभिङ्ग रुमलाई थिएटरमा रूपान्तरण गर्न सक्नुहुन्छ । सुन्दर डिजाइनको साथमा, यसले डल्बी भिजन®, HDR10± समर्थनको साथसाथै डल्बी अडियो र उन्नत अनुभवको लागि DTS–HD को समर्थन गर्दछ ।”

शाओमी Smart Air Fryer को लन्चबारे थप्दै उनले भने, “उपभोक्ताहरू आफ्नो स्वास्थ्यको बारेमा सचेत भइरहेकाले नेपालमा स्मार्ट एयर फ्रायरको बजार तीव्र रूपमा बढ्दै गएको छ । शाओमीमा, हामी हाम्रा उपभोक्ताहरूको आवश्यकता र प्राथमिकताबारे गहिरो अध्यन गर्छौं । त्यस अनुरूप, शाओमी Smart Air Fryer 3.5L नेपाली बजारमा लन्च गर्न पाउँदा अत्यन्तै खुसी छौं । यस स्मार्ट एयर फ्रायरमा आकर्षक डिजाइन कम्पोनेन्ट र नयाँ प्रविधिहरू एकीकृत गरिएको छ । स्मार्टर लिभिङ पोर्टफोलियोलाई विस्तार गर्ने लक्ष्य लिएका हामी,हाम्रो प्रयास सधैं सबैका लागि नवीनतम उत्पादन प्रदान गर्ने हो र शाओमी Smart Air Fryer 3.5L त्यसैको प्रमाणीकरण हो ।”

नयाँ प्रिमियम डिजाइनको साथ बेजोड क्राफ्टम्यानशिप
विशाल ७५ इन्चको एज–टु–एज डिस्प्ले भएको Mi TV QLED 75 टिभीको आकर्षक डिजाइन प्रयोगकर्ताको लिभिङ्ग रुमको लागि पेर्फेक्ट म्याच बन्न सक्छ । ९७% स्क्रिन–टु–बडीको साथ यो टिभी एल्युमिनियम फ्रेम, लेजर प्रेसिजन र स्यान्डब्लास्टिङको साथ प्रिमियम मेटालिक लुक रहेको छ। टिभीको पछाडिको भागबाट पनि प्रिमियम डिजाइनका लागि कार्बन फाइबर फिल्मले ढाकिएको छ । यसमा भएको नयाँ प्रिमियम ’फ्लोटिंग स्ट्यान्ड’ ले पछिल्लो फ्ल्यागशिप भन्दा नयाँ लुक दिन्छ ।

घरमै थिएटरको अनुभव
सिनेम्याटिक अनुभव प्रदान गर्ने Mi TV QLED 75 ले उत्कृष्ट रंगहरू र फराकिलो कलर स्पेक्ट्रम (100Ü NTSC) भएको अविश्वसनीय 4K QLED प्यानलले असाधारण रिजोल्युसनमा प्रस्ट विवरणहरू देखाउँछ । यो टिभी पूर्ण एरे लोकल डिमिङ टेक्नोलोजीको साथ उपलब्द छ। यसमा भएको १९२ जोनहरूले कालो र सेतो रंगहरूलाई सक्षम पार्दै कन्ट्रास्टमा पनि राम्रो नियन्त्रण प्रदान गर्दछ ।Mi QLED TV 75” टिभीमा सहज दृश्य अनुभव सुनिश्चित गर्दै मी को स्वामित्वको रियालिटी फ्लो १२०MEMC ट्युनिङको साथ प्रभावशाली रूपमा उच्च १२० हर्ट्जको रिफ्रेस दरप्रदान गर्दछ ।

इमर्सिभ अकोस्टिक एक्सपीरिएन्स
म्यदिथ अडियो र म्त्क्–ज्म् समर्थन गर्ने ३०ध् को प्रिमियम स्पिकर सेटअपसँग ःष् त्तीभ्म् त्ख् ठछ” ले उत्कृष्ट भिजुअलको साथ कोठै घन्किने स्टेरियो साउन्ड प्रदान गर्दछ । यसमा २ वटा ट्वीटर, २ फुल रेन्ज ड्राइभर र २ उफरहरू समावेश गरी इमर्सिभ अकोस्टिक साउन्ड प्रदान गर्ने कस्टम मेड साउन्ड बक्स समावेश गरिएको छ । ःष् त्तीभ्म् त्ख् ठछ” ठूलो स्पिकर क्याभिटीहरू छन् जुन सामान्य स्पिकर बक्सको आकारको २.३ गुणा ठूलो हुन्छ ।

मनोरञ्जनका लागि नवीनतम प्याचवाल र एन्ड्रोइड टिभी १०
प्याचवालको पछिल्लो संस्करणमा उपलब्द Mi QLED TV 75” २५ भन्दा बढी सामग्रीहरुको गहिरो एकीकरणको साथै प्रयोगकर्तामा केन्द्रित, किड्स मोड, स्मार्ट रेकोमेन्डेसन र लाइभ टिभी जस्ता अद्वितीय सुविधाहरू प्रदान गर्दछ, जसले स्ट्रिमिङको लागि सबैभन्दा व्यापक प्लेटफर्म बनाउँछ । प्याचवाल जडान गरिएको यो स्मार्ट टिभीले प्रयोगकर्तालाई स्मार्ट अनुभव प्रदान गर्दछ । प्रयोगकर्ताहरूले सबै AIoT डिभाइसहरू बिना कुनै झन्जट नयाँ Mi Home एप मार्फत नियन्त्रण गर्न सक्छन् ।

Mi TV QLED 75” गुगल सहायक र क्रोमकास्ट भित्र निर्मित यो एन्ड्रोइड टिभी १० मा YouTube™, Netflix, Amazon Video, Disney± Hotstar लगायत Google Play™ बाट ५००० भन्दा बढी एप र गेमहरूलाई समर्थन गर्दछ ।

नेक्स्ट–जेन टेकको साथ फ्युचर–प्रुफ प्रदर्शनी
Mi QLED TV 75” ले नयाँ प्रविधिद्वारा समर्थित गतिशील दृश्य अनुभव प्रदान गर्दछ। यो नेक्स्ट जेन HDMI २.१ कम्प्याटिबल पोर्टहरू र अटो लो ल्याटेन्सी मोड (ALLM) को साथमा नेक्स्ट जेन कन्सोलहरू समर्थन गर्दछ । मी को यो उपकरणले e–ARC लाई पनि समर्थन गर्दछ, लेटेस्ट टेक्नोलोजीले ब्यान्डविथ र अडियोको लागि उत्कृष्ट र वास्तविक फ्ल्यागशिप अनुभव प्रदान गर्दछ । यसबाहेक, यो टिभी Mali G52 MP2 ग्राफिक्स र 2GB को र्याम र 32GB स्टोरेजको साथमा फ्ल्यागशिप 64bit क्वाड कोर A55 प्रोसेसरको साथ कन्फिगर गरिएको छ, यसको मतलब, प्रयोगकर्ताहरूले सजिलै स्ट्रिमिङ प्लेटफर्महरूमा भिडियोहरू प्ले गर्न सक्छन् ।

नयाँ Mi QLED TV 75” मा बिल्ट–इन फर फिल्ड माइकजडान गरिएको छ जसको सहयोगले प्रयोगकर्ताहरूले आफ्नो टिभीमा कुरा गर्न र मनोरञ्जनको साथै स्मार्ट होम डिभाइसहरूमा आफ्नो आवाज प्रयोग गरि नियन्त्रण गर्न सक्छन् ।

शाओमीले नेपालमा Xiaomi Smart Air Fryer 3.5L पनि लन्च गरेको छ । नेपाली घरपरिवारमा नवीनतम उत्पादन पु¥याउने उद्देश्यले, स्मार्ट किचन उपकरणको साथ खाना पकाउनको लागि फराकिलो तापक्रम भएको, ५० भन्दा बढी स्मार्ट रेसिपीहरू र गुगल सहायकद्वारा सञ्चालित भ्वाइस कमाण्डहरू समावेश गरेको छ । Xiaomi Smart Air Fryer 3.5L ले स्मार्ट र स्वस्थ जीवनशैली मन पराउने उपभोक्ताहरूको सपना साकार गर्दछ ।

परम्परागत खाना पकाउने विधिहरूको सट्टा, Xiaomi Smart Air Fryer ले 1500W को पवोरमा छिटो तथा सन्तुलित तापक्रम सक्षम बनाउँछ । यो एयर फ्रायरले खाना पकाउने समय छोटो र छिटो, स्वस्थ र अधिक सुविधाजनक जीवनशैली प्रदान गर्दछ । यसले २४ घण्टा लामो निरन्तर सञ्चालन समयको साथमा ४०°C देखि २००°C बीचको तापक्रम पनि प्रदान गर्दछ ।

स्मार्ट भान्साको स्मार्ट उपकरण जसले प्रयोगकर्ताहरूलाई सरल रूपमा खाना पकाउन मद्दत गर्छ । डुअल–स्पीड फ्यानको कन्फिगरेसनको साथ, स्मार्ट एयर फ्राइरले फ्रोजन सामान, बेकिंग, सुकेको फलफुल र तरकारीहरू पनि डिफ्रोस्ट गर्न सक्छ ।

Mi Home एपमा 50+ भन्दा बढी सजिलो रेसिपीहरू साथ प्रयोगकर्ताहरूले सजिलैसँग डिभाइस नियन्त्रण गर्न सक्छन् । यस उपकरणले OLED डिस्प्लेको साथ खाना बनाउन लग्ने वास्तविक–समय पनि प्रदान गर्दछ साथै Google सहायक प्रयोग गरी डिभाइसलाई सुरु गर्न, पज गर्न वा बाँकी खाना पकाउने समय जाँच गर्न भोइस अस्सिस्ट प्रदान गर्दछ ।

मूल्य र उपलब्धता
Mi QLED TV 75 को मूल्य रु २ लाख ९९ हजार ९९९ रुपैयाँ र Xiaomi Smart Air Fryer को मूल्य रु १२ हजार ४९९ रुपैयाँ रहेको छ । दुबै डिभाइसहरू ०७ आश्विन २०७९ देखि सबै अधिकृत मी स्टोरहरूमा उपलब्ध हुनेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*