सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, एकीकृत कारोबारको बाटो खुल्यो
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा आज कम्पनीका अध्यक्ष खेम राज लामिछानेको अध्यक्षतामा कुण्डलीनी दरबार बैंक्वेट, चण्डोल काठमाडौंमा सम्पन्न भएको हो ।
उक्त सभाले जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बधन्धी प्रस्ताव पारित गरेको छ । सानिमा जनरल इन्स्योरेन्स तथा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पश्चात बन्ने निर्जिवन बीमा ब्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा ‘सानिमा जिआइसी इन्स्योरेन्स लि.’ कायम गरी सो को नामबाट निर्जिवन बीमा व्यवसाय गर्ने सम्बन्धित प्रस्ताव पारित गरेको छ ।
यसका अलावा चार्टर एकाउन्टेन्टद्धारा तयार गरिएको जनरल इन्स्योरेन्स कम्पनी तथा सानिमा जनरलको चल।अचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डीडीए) तथा अन्य सम्बद्ध ब्यवस्था समेतका आधारमा निर्माण गरिएका शेयर अनुपात १ः१ कायम गर्ने गरि गाभिने अन्तिम सहमतिपत्रमा भएका सम्झौताको विशेष प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच एक आपसमा गाभिएपछि कम्पनीको केन्द्रीय कार्यालय टंगाल, काठमाडौंमा रहने तथा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली आवश्यक संशोधन गर्ने सम्बन्धि प्रस्ताव समेत सोही सभाबाट पारित भएको छ ।
साथै मर्जरपश्चात् कम्पनीको नाम, अधिकृत पुँजी, तथा चुक्तापुँजी बृद्धि गर्ने, संस्थापक तथा सर्वसाधारण शेयरको स्वामित्व प्रतिशत समेत फेरबदल गर्ने जस्ता प्रस्तावहरु पारित भएका छन् । संस्थापक तथा सर्वसाधारण शेयरधनीको अनुपात ५१ः४९ कायम गर्ने विशेष प्रस्ताव उक्त सभाबाट पारित भएको हो ।