एक सातामै वाणिज्य बैंकहरुको निक्षेप २६ अर्बले बढ्यो

११ आश्विन २०७९, मंगलवार १२:४५

काठमाडौं । असोज महिनाको पहिलो सातामा वाणिज्य बैंकहरुको निक्षेप २६ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघले आज प्रकाशन गरेको तथ्याङ्कअनुसार बैंकहरुको निक्षेपमा सुधार देखिएको हो ।

चालु आवको असोज पहिलो सातासम्म बाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो महिनाको अन्तिमसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ३३ अर्ब रुपैयाँ रहेको थियो ।

निक्षेपसँगै यता असोज पहिलो सातासम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । भदौ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल लगानी कर्जा ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*