हिमाल दोलखा हाइड्रोपावरले १ः०.७५ अनुपातमा हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त
काठमाडौं । हिमाल दोलखा हाईडोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद जारी गर्नका लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।
सो सम्बन्धमा यहि असोज ९ गतेका दिन कम्पनी र क्यापिटलबीच हकप्रद शेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।
काठमाडौमा रजिष्टर्ड कार्यालय रहेको यस हिमाल दोलखा हाईडो पावर कम्पनीको हालको पुँजी १ अर्ब ६० करोड रुपैयाँको प्रति शेयर अंकित मूल्य १०० रुपैयाँका दरले १ कित्ता शेयरको ०.७५ प्रतिशत को अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निकाष्शन गर्नेछ ।
कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा न.९ १० मा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा न ९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइडोपावर संचालन गरेको छ ।