सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सले मर्जरलाई अन्तिम रुप दिन आज बिशेष साधारण सभा बस्दै

११ आश्विन २०७९, मंगलवार ०५:३०

काठमाडौं । एकआपसमा मर्जर सम्झौता गरेका सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीले मर्जरलाई अन्तिम दिन आज बिशेष साधारण सभा बस्दैछ । यी दुवै कम्पनीको विशेष सधारण सभा छुटाछुटै स्थानमा आज बस्दैछ ।

दुवै कम्पनीहरुले डिडिए सकाएर मर्जर प्रस्ताव पारित गर्न आज विशेष साधारणसभा आह्वान गरेका हुन् । जनरल इन्स्योरेन्सको विशेष सभा अमृतभोग, कालिकास्थानमा विहान ११ बजे हुँदैछ ।त्यस्तै, सानिमा जनरल इन्स्योरेन्सले विशेष साधारण सभा काठमाडौकै कुण्डलिनी दरवार, चण्डोलमा विहान ११ बजे बस्दैछ ।

दुवै सस्थाको विशेष साधारणसभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ । मर्जर पश्चात बन्ने कम्पनीको नाम सानिमा जनरल इन्स्योरेन्स लिमिटेड हुनेछ भने स्वाप रेसियो १००ः१०० नै हुनेछ ।

हाल शेयर कारोबार स्थगित रहेको दुवै कम्पनीले असोज ६ गते बुक क्लोज गरिसकेका छन् । सो आधारमा असोज ५ गतेसम्म कायम शेयरधनीले उक्त विशेष साधारणसभामा भाग लिन पाउनेछन् ।मर्जरपछि दुवै कम्पनीको चुक्ता पुँजि दुई अर्ब पुग्नेछ । हाल दुवै कम्पनीको चुक्ता पुँजि एक।एक अर्ब रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*