सानिमा लाइफ इन्स्योरेन्सका स्वतन्त्र संचालक भरत बहादुर थापाको कार्यकाल समाप्त

१० आश्विन २०७९, सोमबार १६:४२

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र संचालक भरत बहादुर थापाको कार्यकाल समाप्त भएको छ । कम्पनीले आज उनको एक कार्यक्रम आयोजना गर्दै बिदाई गरेको छ ।

२०७६ सालमा सानिमा लाइफ इन्स्योरेन्सको संचालक समितिको स्वतन्त्त संचालकमा नियुक्त भएका थापा यस अघि सानिमा बैंक लिमिटेडका संचालक समेत रहेका थिए । नेपालका विभिन्न प्रतिष्ठित संस्था नेपाल बैंक लिमिटेड, हिमाल सिमेन्ट, नेपाल ट्रान्स हिमालय बोर्डर कमर्स एसोसियशनको व्यवस्थापन पदमा ३७ वर्षभन्दा बढीको व्यवसायिक अनुभव समेत बटुलिसकेका छन् ।

स्वतन्त्र संचालकको चार वर्षे कार्यकाल समाप्त भएसँगै आज उनलाई कम्पनीले विदाई गरेको हो । सानिमा लाइफ इन्स्योरेन्स रिलायन्स लाइफ इन्स्योरेन्ससँग मर्जरको प्रक्रियामा रहेकोले तत्कालका लागि नयाँ स्वतन्त्र संचालक नियुक्त नगरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*