लाभांश प्रस्ताव सहित आरविवि मर्चेन्ट बैंकिङ्गले डाक्यो सातौ साधारण सभा

१० आश्विन २०७९, सोमबार ११:०२

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले सातौ साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज ६ गते बसेको बैठकले असोज ३१ गतेका दिन सो सभा गर्ने निर्णय गरेको हो । सभा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रिय कार्यालय सिंहदरबारप्लाजा, काठमाडौंमा असोज ३१ गते दिउसो ४ बजे बस्ने भएको छ ।

उक्त सभाले आव २०७८।७९ को नाफाबाट चुुक्ता पुुँजीको ७.५० प्रतिशत नगद लाभांश (कर सहित¬) दिने प्रस्ताव पारित गर्ने र आव २०७९।८० को बाह्य लेखापरिक्षणको लागि लेखापरिक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्ने भएको छ ।

साथै, सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गर्नुुहुुने आव २०७८।७९ को कम्पनीको वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन, असार मसान्तको वासलात र असार मसान्त सम्मको नाफा नोक्सानको वित्तिय विवरणमा छलफल गरेर पारित गर्ने एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*