राष्ट्रपतिले आज कुन–कुुन विधेयक पारित गरिन् ?

९ आश्विन २०७९, आईतवार १६:४७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २ वटा विधेयक प्रमाणीकरण गरेकी छन्।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका निम्न विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपतिले शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यावस्था गर्न बनेको विधेयक र कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेकि हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*