हेटौंडास्थित सरकारको डाटा ‘रिकभरी सेन्टर’मा आगलागी

९ आश्विन २०७९, आईतवार १६:१०

काठमाडौं । हेटौंडास्थित ४ को हुप्रचौरमा रहेको डाटा सेन्टर (डिजास्टर रिकभरी सेन्टर)मा आगलागी भएको छ । सरकारी सूचनाहरु ‘ब्याक अप’ गर्न बनाइएको डाटा रिकभरी सेन्टर मै आगलागी भएको हो । ब्याट्री सट भइ आगलागी भएको हो ।

आगो निभाउन हेटौंडा उपमहानगरको दमकलसहित जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालयको टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगलागी नियन्त्रण गर्न प्रयास भइरहे पनि अहिलेसम्म नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता रामचन्द्र घिमिरेले जानकारी दिए । आगलागी कारण र क्षतिबारे भने अहिले जानकारी नआइसकेको प्रहरीले जनाएको छ ।

अपडेटः  उक्त ठाउमा लागेको आगलागि करिब २ घण्टा पछि नियन्त्रणमा आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*