लघुबीमा विरुद्धको मुद्धा आज हेर्न नभ्याइनेमा, २८ गते छलफल हुने
९ आश्विन २०७९, आईतवार १५:०७
काठमाडौं । लघुबीमा विरुद्धको मुद्धाको सुनुवाई आज हेर्न नभाईने सूचीमा परेको छ। आज हेर्न नभ्याएसँगै सर्वोच्च अदालतले २८ गते छलफलका लागि बोलाएको छ ।
यसअघि सर्वोच्च अदालतमा बीमा समितिले गैर कानुनी रुपमा वितरण गर्न लागेको लघुबीमाको लाइसेन्स रोक्न माग गर्दै दीपक बरालले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधिश टंक बहादुर मोक्तानको इजलाशले अर्थमन्त्रालय, संसद सचिवालय, कानुन मन्त्रालय र बीमा समितिको नाममा नाममा १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको थियो ।
यसअघि आज हेर्न भनिएको मुद्धा सर्वोच्च अदालतले आज ’हेर्न नमिल्ने’मा सूचीमा राखेको हो ।