सुर्या लाइफ इन्स्योरेन्सको सुदुरपश्चिम प्रदेश स्तरीय शाखा सम्मेलन सम्पन्न (फोटो फिचर सहित)

९ आश्विन २०७९, आईतवार १२:२४

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कैलालीको अत्तरिया स्थित ग्रिन गोदावरी रिसोर्टमा सुदुरपश्चिम प्रदेश स्तरीय शाखा सम्मेलन सम्पन्न गरेको छ ।

सम्मेलनमा सुदुरपश्चिम प्रदेशका शाखाले गरेको ब्यबसाहिक अवस्थाको विश्लेषण गर्दै आगामी रणनीतिका विषयमा प्रस्ट्याउदै सबै शाखा प्रमुखहरुलाई वार्षिक लक्ष्य सहित लक्ष्य हासिल गर्न गर्नु पर्ने मुख्य मुख्य कार्यका सवालमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले उत्प्रेरित गर्दै सहजीकरण गरेका थिए ।

प्रदेश स्तरीय शाखा सम्मेलनमा प्रमुख अतिथि कम्पनीको प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का, विशिष्ट अतिथ वरिष्ठ महाप्रबन्धक मार्केटिङ हेड नरोत्तम ढकाल ,अतिथि पश्चिम मार्केटिङ प्रमुख शैलेस श्रेष्ठ र ए।बि।ए।म रबिन्द्र हमाल को उपस्थिति रहेको सम्मेलनको सभाअध्यक्ष सुदुरपश्चिम प्रदेश प्रमुख जगदिश प्रसाद भट्टले गरेका थिए । साथै स्वागत मनतब्य अत्तरिया शाखा प्रमुख नरेश भट्टले राखेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*