सानिमा लाइफको अभिकर्ता क्षमता अभिबृद्धि तालिम सम्पन्न (फोटोफिचरसहित)

९ आश्विन २०७९, आईतवार १२:००

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको क्षमता अभिबृद्धिसम्बन्धी तालिम सम्पन्न भएको छ । कम्पनीले विरगंज, सिमरा र कलैया शाखाका अभिकर्ताहरुलाई उक्त तालिम प्रदान गरेको हो ।

शनिबार कुमु प्यालेस विरगंजमा सम्पन्न उक्त तालिममा तीन शाखाका अभिकर्ताहरुलाई जीवन बीमा कसरी बेच्चे सम्बन्धि तालिम प्रदान गरिएको थियो । कम्पनीको मुख्य प्रबन्धक गुणराज श्रेष्ठले उक्त तालिम दिएका थिए ।

अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्न जीवन बीमा सम्बन्धी टेक्निकल स्किल तथा कम्युनिकेशन स्किलसम्बन्धित तालिम प्रदान गरिएको श्रेष्ठले बताए । उक्त तालिममा तीन शाखाका १०० भन्दा बढी अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

 

फोटोफिचर :

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*