बीमा अभिकर्ताको व्यवस्था कडाई गर्ने तयारीमा बीमा समिति, एउटा मात्रै कम्पनीमा काम गर्न पाउने देखि लाईसेन्सको लागि परिक्षा अनिवार्य

रिना खत्री
९ आश्विन २०७९, आईतवार १०:५१

काठमाडौं । बीमा समितिले बीमा अभिकर्ता सम्बन्धी व्यवस्थालाई कडाई गर्ने भएको छ । बीमा समितिले पछिल्लो समय बीमा अभिकर्ता पेशाबाट भएको अपराधको कारण यस पेशालाई मर्यादित बनाउन विभिन्न व्यवस्थामा थप कडाई गर्न लागेको हो ।

बीमा समितिले बीमा अभिकर्ताहरुको परिक्षा लिएर मात्रै यस पेशामा सहभागी हुन पाउने र एउटा मात्रै कम्पनीमा एउटा अभिकर्ताको कार्यक्षेत्र तोक्ने बिषयमा ल्याउने बिषयमा हाल छलफल गरिरहेको छ ।नियमनकारी निकाय बीमा समितिबाट इजाजतपत्र लिएका बीमा अभिकर्ताहरुले एउटा मात्रै कम्पनीमा काम गर्न पाउने व्यवस्था गर्न लागिएको बीमा समितिले जनाएको छ।

यसअघि एक बीमा अभिकर्ताले एउटा कम्पनीमा मात्रै सिमित नभई अन्य कम्पनीहरुमा समेत काम गर्दै आईरहेको थियो । यसलाई रोक्न बीमा समितिले थप कडाई गर्न लागिएको बीमा समितिका एक संचालकले बीमापोष्टलाई बताए ।
नयाँ ऐनमा पनि एउटा बीमा अभिकर्ताले एक भन्दा बढी कम्पनीमा काम गर्न नपाउने व्यवस्था गरिएको छ ।

यस बिषयमा संचालक समितिभित्र समेत छलफल भईसकेको छ र केही समयपछि बीमा समितिले कम्पनीहरुलाई निर्देशन दिने तयारी गरेको छ । पुराना अभिकर्ताको भने नविकरणको समयमा पुनर्ताजकिककरण तालिम लिनुपर्ने गरी व्यवस्था गर्न लागेको समितिको जनाएको छ । यसै बिषयमा बीमा समितिमा छलफल हुदैछ ।

बीमा कम्पनीमा अभिकर्ताकै विश्वास गर्दा विकृति भित्रिएको भन्दै समितिले परीक्षा पास गरेकालाई मात्र अभिकर्ताको अनुमति दिने गरी तयारी गरेको छ ।अधिकांश बीमा कम्पनीहरूले तालिम नदिई इजाजत पत्रको लागि बीमा समितिमा सिफारिस गर्ने र उनीहरूबाट बीमा प्रस्ताव स्वीकार गर्ने कारण विभिन्न घटना बढ्दै गएपछि बीमा समितिले यस्तो कदम चाल्न लागेको हो ।

बीमा अभिकर्ताका प्रस्ताव क्रस चेक नगरी स्वीकार गर्दा बीमा मा उनीहरुकै मिलेमतोमा विकृति मौलाउन थालेको गुनासो बढेपछि नियन्त्रण गर्न खोजिएको समितिले जनाएको छ ।
समितिले हाल भईरहेको छलफलमा अनलाईनबाटै लिने तयारीको साथ सफट्वयर गरिहरहेको जनाएको छ। अभिकर्ताको अनलाईन परीक्षा प्रणाली पुसदेखि सुरु गर्ने गर्ने तयारी भइरहेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमापोष्टलाई बताए । आवश्यक मापदण्डहरुको बारेमा छलफल भईरहेको केही दिन भित्रै खाका तयार गर्ने तयारी समेत रहेको उनले बताए ।

बीमा तालिम केन्द्रबाट तालिम दिने वा बीमा कम्पनीहरु आफैंलाई दिने भन्ने विषयमा छलफल भइरहेको समितिको भनाइ छ । अहिले देशभर करिब ५ लाख अभिकर्ता रहेको बीमा समितिको भनाइ छ । तर तिनमा डेढ लाख जति सक्रिय रहेका छन् । पुराना अभिकर्ताको भने नविकरणको समयमा पुनर्ताजकिककरण तालिम लिनुपर्ने गरी व्यवस्था गर्न लागेको समितिको भनाई छ ।नयाँ बीमा ऐन लागु भए सँगै एउटा अभिकर्ताले एउटा मात्रै बीमा कम्पनीमा काम गर्न पाउने व्यवस्था रहेको छ ।

बीमा विधेयक राष्ट्रपति  कार्यालयमा लालमोहरका लागि पुगेको छ । राष्ट्रपतिले लालमोहर लगाउने वित्तीको ‘बीमा ऐन २०७९’ कार्यान्वयनमा आउनेछ ।उक्त ऐनको दफा ९१ को उपदफा ५ मा ‘बीमा अभिकर्ताको इजाजतपत्र दिँदा समान किसिमको एउटा मात्र बीमकको बीमा अभिकर्ताको इजाजतपत्र दिइनेछ’ उक्त ऐनमा उल्लेख रहेको छ ।

त्यस्तै, राष्ट्रपति कार्यालयमा पुगेको बीमा विधेयक प्रमाणिकरण भएसँगै बीमा अभिकर्ताहरुको व्यवस्थामा परिवर्तन आउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*