नेकपा (एमाले) डोटी काठमाडौं सम्पर्क मञ्चको शुुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

राजन कठायत
७ आश्विन २०७९, शुक्रबार १९:१७

काठमाडौं । नेकपा (एमाले) को डोटी काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको दशै, तिहार तथा छठ पर्वको शुुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको प्रदर्शनीमार्गमा रहेको रत्न राज्य लक्ष्मी क्याम्पसमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो ।

नेकपा एमालेका डोटी जिल्ला कमिटी अध्यक्ष चक्र मल्लले कार्यक्रमलाई सम्बोधन गर्दै भने ‘गनाई सकेको, त्यो कुुई सकेको प्रेम आलेलाई अब हामिले डोटी जिल्लाबाट डाँडाँ कटाएर काठमाडौंको प्रदर्शनीर्मामा उभ्याउनु पर्छ’ ।

उक्त कार्यक्रममा बोल्दै सम्पर्क मञ्चकी अध्यक्ष रुपा कठायतले राष्ट्रपतिले खारेज गरेको नागरिता विधेयकलाई नेकपा एमाले स्वागत गरेको र आसन्न निर्वाचनमा सम्पर्क मञ्चमा आवद्ध भएका सम्पुुर्ण युवाहरुलाई आपसी समझदारीका साथ चुुनावमा खटिन आग्रह गरेकी छिन् । त्यस्तै, सम्पर्क मञ्चका निवर्तमान अध्यक्ष तथा सिटीभिटीका इञ्चार्ज दिपक धामीले मंसिर ४ गते हुुने चुनावलाई मध्यनजर गर्दै डोटीमा प्रेम आले प्रवृत्तिको अन्त्य गर्दै अवको पार्टीका अग्रज नेताहरुले आफ्ना गुनासा नसुनेको उनले बताए ।

 

 

उक्त कार्यक्रमको अध्यक्षता सम्पर्क मञ्चकी अध्यक्ष रुपा कठायतले गर्नुुका साथै प्रमूख अथिति चक्र मल्ल, निवर्तमान अध्यक्ष दिपक धामी, प्रदेश कमिटी सदस्य राम बहादुर ऐर, पदमराज भट लगायत सम्पर्क मञ्चका सहसचिब धन रावत, कमिटी सदस्य मनु मडै, हेनरी हर्क लगायतको बाक्लो उपस्थिति थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*