युनाईटेड इन्स्योरेन्सकी सिईओ उपासना पौडेलद्धारा राजिनामा

७ आश्विन २०७९, शुक्रबार १९:००

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीकी सिईओ उपासना पौडेलेले आज आफ्नो पदबाट राजिनामा दिएकी छिन् । कम्पनी स्रोतका अनुसार पौडेलले आजै राजिनामा दिएकी हुन् । उनको राजिनामा स्वीकृत हुन बाँकी छ ।

पौडेल हिमालयन रि इन्स्योरेन्स कम्पनीमा जान राजिनामा दिएको बताइएको छ । २०७८ साल बैशाख १६ गते युनाईटेड इन्स्योरेन्स कम्पनीको सिईओमा नियुक्त भएकी पौडेलले डेढ वर्ष नपुग्दै राजिनामा दिएकी हुन् ।

भारतमा अध्ययन गरेर फर्केकी पौडेलले युनाईटेड इन्स्योरेन्स कम्पनीमा उल्लेख्य प्रगति गर्न सफल भएकी छिन् । गत आवमा कम्पनीको मुनाफा ३२ प्रतिशतले बृद्धि भएर १३ करोड ९६ लाख पुगेको छ । अघिल्लो आवमा कम्पनीले जम्मा १० करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*