शिखर इन्स्योरेन्स कम्पनीको धादिङमा बीमा सचेतना कार्यक्रम सम्पन्न, बीमा दाबीमा बीमितको गुनासो
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको धादिङमा बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले धादिङ जिल्लाको सदरमुकाम निलकण्ठ नगरपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
कम्पनीको धादिङ शाखा कार्यालयको आयोजना गरिएको कार्यक्रममा धादिङ जिल्ला पशुसेवा कार्यालयका प्रमुख सदिप सिलवालको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा भने त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, विशेष अतिथिमा शिखर इन्स्योरेन्स कम्पनी केन्द्रीय कार्यालयको नायब महाप्रबन्धक उदित प्रसाद काफ्ले रहेका थिए ।
कार्यक्रमको स्वागत भाषण कम्पनीका शाखा प्रमुख सिताराम अर्यालले गरेका थिए ।
बीमा सम्बन्धी जनचेतना विस्तार गर्ने, बीमा दाबी सम्बन्धी समस्याहरु छिटो निराकरण गर्ने उद्येश्य राखी आयोजना गरिएको कार्यक्रममा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष उमेश श्रेष्ठ, निलकण्ठ नगरपालिका वडा नं ८ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, निलकण्ठ नगरपालिकास्थित कर्णेश्वर माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णुहरी अधिकारी, निर्देशक दामोदर अर्याल, शिखर इन्स्योरेन्सका शाखा प्रमुख सितारामा अर्याल लगायत विभिन्न कार्यालय तथा संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले बीमा सम्बन्धी अनुभव, बीमा दावी सम्बन्धी गुनासो, बाली बीमा पनि गर्नुपर्ने, यस्तो कार्यक्रम सदरमुकाममा मात्र नभएर गाउँ गाउँमा गर्नुपर्ने आदि विचार राखेका थिए ।कम्पनीका नायब महाप्रबन्धक उदित प्रसाद काफ्लेले यस्ता कार्यक्रम थप निरन्तरता दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा सभापति धादिङ जिल्ला पशुसेवा कार्यालका सुदिप सिलवालले कार्यक्रममा भएको छलफल भएको व्यक्त गरे । उनले कार्यक्रममा सहभागी धन्यवाद दिँदै समापन गरेका थिए ।