सम विकास केन्द्र डोटीद्धारा के.आई.सिहं गाउँपालिकाको लस्कर गाँउमा ११६ वटा बाख्रा वितरण

राजन कठायत
६ आश्विन २०७९, बिहीबार १७:५८

काठमाडौं । सम विकास नेपाल केन्द्र (इडिसी) नेपाल डोटीले बाख्रा वितरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आज एक कार्यक्रम आयोजना गरी डोटीको के आई सिँह गाउँपालिका वडा नम्बर ४ स्थित वायलको लस्कर गाँउका २९ घरधुुरीलाई बाख्रा वितरण गरेको हो ।

दलित सिमान्तकृत समुदायको आर्थिक सशक्तिकरणका लागि उपहार सूचि कार्यक्रम अन्र्तगत ६४ वटा घरपरिवारलाई बाख्रा वितरण गर्ने योजना रहेकोमा पहिलो चरणमा २९ घरपरिवारलाई प्रतिपरिवार ४ वटा उन्नत जातका बाख्रा वितरण गरेको छ ।

उक्त कार्यक्रमका कार्यसमिति सदस्य यज्ञ पार्कीका अनुसार संस्थाले सञ्चालन गर्दै आएको यस कार्यक्रमले विपन्न परिवारको दैनिक समस्यालाई परिपुर्ति गर्ने तथा परिवारमा रहेका शिक्षा, स्वास्थ्य तथा रोजगार लगायतका समस्याको समाधान गर्नुका साथै बाख्रा पालनलाई व्यवसायिक रुपमा अगाडि बढाएर नागरिकको जीवनस्तरमा सुुधार ल्याउने उद्देश्य रहेको छ ।

समविकास केन्द्र नेपालका कार्यसमिति सदस्य यज्ञ पार्कीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सम विकास केन्द्र नेपालका जिल्ला संयोजक महेस परियार, संस्थाका कर्मचारी पदम मिजार, गाउँपालिकाका पशु प्राविधिक लगायत ७० जनाभन्दा बढी स्थानीयको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*