बीमा समितिद्धारा तीनवटा प्रदेशमा कार्यालय संचालन गर्न घरभाडा आह्वान

६ आश्विन २०७९, बिहीबार १३:१८

काठमाडौं । बीमा समितिले थप तीनवटा प्रदेशमा कार्यालयका लागि घरभाडा आह्वान गरेको छ । समितिले प्रदेश १ को विराटनगर, गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको बुटवलमा प्रादेशिक कार्यालय संचालनको लागी भवन बहालमा लिन आह्वान गरेको छ।

समितिले हिजो एक सूचना जारी गर्दै ३५ दिनभित्र गोप्य शिलबन्दी प्रस्ताव पेश गर्नको लागी आह्वान गरेको हो । समितिले विराटनगरमा महेन्द्रचोक देखि बरगाछी सम्म, पोखराको सभागृह, पृथ्वी चोक, चिप्लेढुंगा, न्यूरोड आसपासको क्षेत्र र बुटवलको लागी बुटवल महानगरपालिका, मिलनचोक, चौराहा, कालिकानगर आसपासको क्षेत्रमा कार्यालय संचालन गर्नको लागि घर बहालको लागि आह्वान गरेको हो ।

यसअघि बीमा समितिले तीन प्रादेशिक कार्यालय संचालमा ल्याईसेको छ । जसमध्ये कर्णाली प्रदेशको शाखा कार्यालय उद्घाट्न भईसकेको छ भने धनगढीको भोलि हुन बाँँकि रहेको छ ।त्यस्तै, मधेशप्रदेश कार्यालय भने उद्घाट्न गर्ने तयारीमा रहेको समितिले जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*