सिक्लेस हाइड्रोपावरले आईपिओ प्रि–अलटमेन्ट भोलि हुँदै, बाँडफाँड अर्को साता

६ आश्विन २०७९, बिहीबार १२:०८

काठमाडौं । सिक्लेस हाइड्रोपावरले निष्काशन गरेको आईपिओ प्रि – अलटमेन्ट भोलि हुने भएको छ। कम्पनीले भोलि प्रि अलटमेन्ट गरेसँगै अर्को साता बाँडफाँड गर्ने तयारी गरेको बीमापोष्टलाई जानकारी दिएको छ।

कम्पनीको बिक्रि प्रबन्धकका अनुसार बिओके क्यापिटलले मंगलवार बिहानको ९ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको छ । कम्पनीको आइपीओमा १६ गुणा बढीले आवेदन दिईसकेको छ ।सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओमा १५ लाख ३८ हजार ३ सय ८३ जना आवेदकबाट १ करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताको लागि आवेदन परेको हो ।

कम्पनीले कुल कित्ता मध्ये १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणको लागि निष्काशन गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*