आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर ४।७ प्रतिशतमा सीमित रहने एडीबीको प्रक्षेपण

६ आश्विन २०७९, बिहीबार ११:५२

काठमाडौं । आर्थिक वर्ष २०७९(८० मा नेपालको आर्थिक वृद्धिदर ४।७ प्रतिशतमा सीमित रहने एडीबीको प्रक्षेपण गरेको छ । एडीबीले ‘एसियन डेभलपमेन्ट आउटलुक २०२२’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । एडीबीले गत अप्रिलमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने प्रक्षेपण गरेको थियो। अहिले त्यसमा केही संकुचन आउने एडीबीले प्रक्षेपण गरेको छ।

चालु आर्थिक वर्षमा सरकारले भने ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ।आर्थिक वृद्धिदरमा संकुचन आउन सक्नेमा सरकारले आयातमा लगाएको प्रतिबन्ध नै मुख्य कारण रहेको प्रतिवेदनमा उल्लेख छ। यसले अर्थतन्त्रमा विस्तारै नकारात्मक प्रभाव पुग्ने एडीबीको विश्लेषण छ।

पछिल्लो समय डेंगु, प्राकृतिक प्रकोप र भूराजनीतिक उथलपुथलबाट समेत नेपालको आर्थिक वृद्धिमा असर पुग्न सक्ने एडीबीको अनुमान छ। ‘सामान्य मनसुनका कारण कृषिको वृद्धिदर राम्रो हुने सम्भावना छ’, प्रतिवेदनमा उल्लेख छ, ‘यसमा मलको अभावले धान उत्पादनमा ह्रास आउन सक्छ।’

ब्याजदरमा भएको वृद्धिले रियल स्टेट, थोक तथा खुद्रा व्यापार प्रभावित हुने अनुमान प्रतिवेदनमा गरिएको छ। ‘आसन्न निर्वाचनले भने खर्च बढाउने र जीडीपीको ग्रोथमा सकारात्मक प्रभाव पर्ने देखिन्छ’, प्रतिवेदनमा भनिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*