रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ब्यतित बीमालेखमा शत प्रतिशत छुट

५ आश्विन २०७९, बुधबार १७:१०

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा ब्यतित बीमालेखमा शत प्रतिशत छुट दिने भएको छ । सो सुविधा असोज ६ देखि असोज ३१ गतेसम्म मात्र लागू भएको हो ।

उक्त अवधिमा पुनर्जागरण गराउने बिमितहरुलाई लाग्ने ब्याजमा शत प्रतिशत १०० प्रतिशत छुट पाउने भएका छन् । २ बर्ष अगाढि देखि व्यतित भएका बीमालेख लापेष्ड पोलिसीको पूनर्जागरण रिभाइबल गर्दा ब्याज छुट उपलब्ध गराइने भएको हो । बीमालेख पूनर्जागरण हुँदा बीमालेख अन्तर्गतको सम्पूर्ण सुविधा उपलब्ध हने देखि लिएर बीमालेख अन्तर्गतको सबै जोखिम बहन सुविधा पुनः शुरु हने प्रवधान छ ।

बीमालेख पूनर्जागरण गरेपछि बीमाशुल्क तिर्न बाँकी रहेको अवधिको समेत बोनश रकम बीमालेखको भुक्तानी प्राप्त गर्ने समयमा पाइने व्यवस्था छ । यस प्रवधान सम्बनिध आवश्यक जानकारीको लागि कम्पनीको अभिकर्ता वा नजिकको शाखा उप–शाखा कार्यालय मा सम्पर्क गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*