सन नेपाल लाइफको बीमा सेचतना कार्यक्रम सम्पन्न

५ आश्विन २०७९, बुधबार १६:३१

काठमाडौं । सन नेपाल लाइफको बीमा सेचतना कार्यक्रम सम्पन्न भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरले बार्षित्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रम श्री बि.पी. कोईराला माध्यमिक विधालय सपही, धनुषामा सम्पन्न भएको हो ।कार्यक्रम धनुषा नगर प्रमुख भोगेन्द्र मिश्रको उपस्थितीमा कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुसँग बीमा शिक्षा कार्यक्रम गरिएको थियो । कार्यक्रमबाट बीमाबारे थप प्रकाश भएको कम्पनीले जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*