बीमा समितिको धनगढी प्रदेश कार्यालय उद्घाटन हुँदै

५ आश्विन २०७९, बुधबार १६:२२

काठमाडौं । बीमा समितिको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा असोज ७ गते (शुक्रबार) भव्य रुपमा उद्घाटन हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको सुदुरपश्चिम प्रदेश कार्यालय उ्दघाटन गर्ने तयारी भएको छ ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेलको उपस्थितिमा धनगढीस्थित प्रदेश कार्यालय उद्घाटन हुनेछ । कायर्कम्र असोज ७ गते बिहान ११ बजे कैलालीको हसनपुरस्थित सुभश्री पार्टी प्यालेसमा आयोजना हुँदैछ । कार्यक्रमका लागि बीमा समितिका उच्च पदाधिकारीहरु असोज ६ गते नै धनगढी जाँदै छन् ।

यसअघि समितिले भदौ १६ गते मात्रै कर्णाली प्रदेशको सुर्खेतमा स्थापना भएको प्रदेश कार्यालयको उद्घाटन गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*