रिलायन्स लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

५ आश्विन २०७९, बुधबार १५:३०

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीको केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राकेश पोखरेल, कम्पनीको अध्यक्ष तारा चन्द केडिया , डिसिईओ निरांजन कडेल लगायत उच्च व्यक्तिको उपस्थितीमा रक्तदान कार्यक्रम शुभारम्भ गरिएको थियो । कम्पनीले आयोजना गरेको रक्तदान कार्यक्रम विहान ९ बजेदेखि सुरु भएको थियो।

कम्पनीले हालको बिषम परिस्थतीलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीका सिईओ राकेश पोखरोलले बताए । डेंगु संक्रमणको कारण पछिल्लो समय भईरहेको रगत अभावको कारण कम्पनीले कार्यक्रम आयोजना गरेको उनले बताए ।

कार्यक्रममा ८० जना भन्दा बढी जनाले रक्तदान गरेका थिए । कार्यक्रममा एनएमबि बैंकका कर्मचारी, एएसजी आँखा केयरका कर्मचारी, निफ्राका कर्मचारी लगायतले रक्तदान कार्यक्रममा सहभागि भएका थिए ।कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । यसअघि कम्पनीले बार्षिकोत्सवको अवसरमा मात्रै रक्तदान कार्यक्रम आयोजना गर्ने गर्दथ्यो । तर हालको बिषम परिस्थतीलाई मध्यनजर गर्दै आज रक्तदान कार्यक्रम सम्पन्न गरेको कम्पनीले जनाएको छ। आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रममा कम्पनी सदैव तत्पर रहेको जनाएको छ।

फोटो फिचर सहित

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*