युनियन लाइफले ब्यतित बीमालेख नविकरणमा शतप्रतिशत छुट दिने

५ आश्विन २०७९, बुधबार ११:५८

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले ब्यतित बीमालेखमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले जारी भएका बीमालेखहरुको नियमित रुपमा नविकरण बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुको नविकरण गराउँदा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको हो ।

कम्पनीबाट जारी भएका बीमालेखहरुको बीमाशुलक भुक्तानी नगरी पुरा दुई वर्ष अघि देखि व्यतित बीमालेखहरुको नविकरण गराउँदा लाग्ने विलम्ब शुल्क (ब्याज)मा छुट प्रदान गर्ने जनाएको हो । असोज ५ गतेदेखि असोज ३१ गतेसम्म अवधिका लागि कम्पनीले उक्त बीमालेखहरुको नविकरणमा शतप्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।

साथै बीमालेख पुर्नजागरण गराउँदा बीमा अवधिभर एकपटक मात्र ब्याज छुटको सुविधा प्राप्त गर्न सकिनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*