३० प्रतिशत लाभांश दिने नेपाल ल्युब आयलको घोषणा, बुकक्लोजको कहिले ?

४ आश्विन २०७९, मंगलवार १६:५१

काठमााडौं । नेपाल ल्युब आयल लिमिटेडले ३१औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज ४ गते बसेको संचालक समितिको बैठकले सभा असोज २८ गते शुक्रबार याक प्यालेस, पुल्चोक, ललितपुरमा बिहान ११ः३० बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम २५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । साथै प्रस्तावित बोनस शेयरको चुक्तापुँजी बृद्धि गर्ने एजेण्डा समेत छलफल गरी पारित गर्नेछ ।

यसका अलावा सभाले आव २०७९।८० को लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने, कम्पनीको जारी पुँजी ५ करोड थप गरी १० करोड पुर्याउने प्रस्तावहरु पारित गर्नेछ ।

त्यस्तै, आव २०७८।७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह, आय विवरण जस्ता वित्तीय विवरणमाथी छलफल गरी पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ शेयर दालिखा खारेज (बुकक्लोज)को मिति असोज १४ गतेदेखि असोज २८ गतेसम्म तोकको छ । यसर्थ असोज १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

 

2e4ed6c31c614a55c8fbce63afc506c0 (1)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*